काठमाडौं, चैत २ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना विरुद्वको खोप लगाउनु भएको छ । उहाँले आज सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर खोप लगाउनु भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि कोरोना विरुद्वको खोप लगाइसक्नु भएको छ । प्रधानमन्त्रीले फागुन २३ गते त्रिवि शिक्षण अस्पतालमा पुगेर खोप लगाउनुभएको थियो ।






