भारतमा एकैदिनमा २० लाख भन्दा बढीलाई कोरोना खोप

  फागुन २९, २०७७

नयाँ दिल्ली, फागुन २९ : भारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । शुक्रबारको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म २० लाख ५३ हजार ५३७ मात्राको कोरोनाविरुद्धको खोप लगाइएको छ । त्यसमध्ये १६ लाख ३९ हजार ६६३ जनाले पहिलो चरणको खोप लगाएका छन् भने अरु चार लाख १३ हजार ८७४ जनाले दोस्रो चरणको खोप पनि लगाएर लाभान्वित भएका छन् ।

भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो । खोप लगाउन देशभरि ३० हजार ५६१ ठाउँमा खोप केन्द्र स्थापना गरिएको छ । कुल प्रयोग भएको खोपमध्ये आठ राज्यमा ७४ प्रतिशत खोप प्रयोग भएको छ ।

तपाईको प्रतिक्रिया