काठमाडौं, फागुन २५ : मस्तिष्कघात भएर नर्भिक अस्पतालमा भर्ना भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था पुनः जटिल बन्दै गएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
गत १४ फागुनमा नर्भिक अस्पताल भर्ना हुनुभएका नेता जोशीको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरमा राखिएको थियो । उपचारमा सम्लग्न डा. राजिव झाले जोशीको श्वासप्रश्वासमा र मुटुमा स्वासप्रश्वासको समस्या भएपछि भेन्टिलेटरमा सारिएको बताउनुभयो । डा. झाले दिउँसोदेखि नेता जोशीको स्वास्थ्य स्थिर तर जोखिमपूर्ण रहेको जानकारी दिनुभयो ।






