नेकपा संसदीय दलको बैठक फागुन २२ गते, १७२ सांसदलाई निमन्त्रण

  फागुन २०, २०७७

काठमाडौं, फागुन २० : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक यही फागनु २२ गते दिउँसो ३.०० बजेका लागि बोलाइएको छ ।

नेकपाका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले नेकपाका सबै १७२ जनै सांसदहरुलाई संसद सचिवालयको कम्प्युटरबाट एमएमएस गरी निमन्त्रण पठाइएको बताउनुभयो ।

यसअघि नै राष्ट्रपतिबाट फागनु २३ गतेका लागि संसदको बैठक आव्हान भईसकेको छ ।

तपाईको प्रतिक्रिया