तीनहजार ३९९ परीक्षणमा ६७ नयाँ संक्रमित थपिए, ६२ जना निको

  फागुन २०, २०७७

काठमाडौं, फागुन १९ : विगत २४ घण्टामा नेपालमा कोराेना भाइरसका ६७ जना नयाँ संक्रमित थपिएका छन् भने ६२ जना निको भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लाे २४ घण्टामा तीनहजार ३९९ परीक्षणमा साे संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे गरेकाे अद्यावधिकमा नेपालमा अहिलेसम्म दुई लाख ७४ हजार ३६१ पुगेको जनाएको छ । हालसम्म दुई लाख ७० हजार ६०५ जना निकाे भएका छन् । नेपालमा अहिलेसम्ममा ९८ दशमलव ६ प्रतिशत निको भएका छन् । हाल ७६६ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

हाल ७६६ जना आइसोलेशनमा र ५९ जना क्वारेन्टिनमा छन् । हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या दुई हजार ७७७ पुगेको मन्त्रालयले उल्लेख गरेको छ । 

तपाईको प्रतिक्रिया