तीन हजार ५४१ नमूना परीक्षणमा १२२ संक्रमित, अधिकांश उपत्यकामा

  फागुन ०४, २०७७

काठमाडौं, फागुन ३ : पछिल्ला दिनमा कोरोना संक्रमणको दर घट्दै गए पनि संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन् । बितेको २४ घन्टामा तीन हजार ५४१ नमूना परीक्षण गर्दा १२२ संक्रमित फेला परेका छन् । संक्रमितमध्ये काठमाडौं उपत्यकाका ७३ छन् ।

हालसम्म काठमाडौंमा एक लाख दुई हजार १७५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक लाख ६७३ निको भएका छन् भने ५०२ जनाको मृत्यु भएको छ । अझै पनि काठमाडौंमा एक हजार सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ललितपुरमा १४ र भक्तपुरमा ३९ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा उपचारपछि निको भएर घर फर्किनेको संख्या १४४ छन् । हालसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या दुई लाख ६९ हजार २०४ पुगेको छ । कोरोना मुक्त हुनेको दर ९८.७ प्रतिशत पुुगेको छ । बितेको २४ घन्टामा कोरोनाका कारण दुुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट दुुई हजार ५५ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया