काठमाडौं, माघ २९ : नेपालमा थप ८१ कोभिड–१९ का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर तीन हजार २३ जनाको पिसिआर परीक्षण भएकामा ३२ महिला र ४४ पुरुषमा कोरोना पुष्टि भएको हो । आज काठमाडौं उपत्यकामा १७ महिला र १६ पुरुष गरी ३३ संक्रमित भेटिएका छन् । हालसम्म देशभर कोरोना संक्रमितको कूल संख्या दुई लाख ७२ हजार ४३० पुगेको छ ।
गत २४ घण्टामा थप १११ संक्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ६८ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना निको भएको दर ९८ दशमलव ६ प्रतिशत छ । गत २४ घण्टामा थप पाँच जनाको कोरोनाबाट मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुने संख्या दुई हजार ५२ पुगेको छ ।
पाँच सयभन्दा बढी संक्रमित भएको जिल्ला काठमाडौं मात्र रहेको छ । शुन्य संक्रमित भएका जिल्ला इलाम, भोजपुर, संखुवासभा, सोलुखुम्बु, मुस्ताङ, पश्चिम रुकुम र अछाम छन् । हाल देशभर संस्थागत आइसोलेशनमा ९२५, सघन उपचार कक्षमा ६४ र भेन्टिलेटरमा १३ जना संक्रमितको उपचार भइरहेको छ ।






