ढाका, माघ २७ : बंगलादेशमा चार लाख ८४ हजार ५७३ कोभिड–१९ संक्रमित संक्रमणमुक्त भएका यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले मंगलबार जानकारी गराएको छ । तथ्यांक अनुसार यहाँ कोभिड–१९ संक्रमणपछि १.५३ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने ८९.९४ प्रतिशत व्यक्ति निको भएका छन् ।
विगत २४ घण्टामा बंलादेशमा संक्रमण पुष्टि भएका व्यक्तिको संख्या ३८७ रहेको छ । उक्त अवधिमा आठ संक्रमितको मृत्यु भएको छ । बंगलादेशमा कूल आठ हजार २२९ व्यक्तिको कोभिड–१९ संक्रमणपछि मृत्यु भएको छ । सरकारी तथ्यांक अनुसार एशियाली यस मुलुकमा विगत २४ घण्टामा ६४२ संक्रमणमुक्त भएका छन् । यो अवधिमा १४ हजार ४६८ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ ।






