काठमाडौँ, माघ २५ : सर्वोच्च अदालतले एनसेलको कर विवादमा तत्काल कर असुल नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले तत्काल कर विवादका विषयमा असुलउपरको प्रक्रिया अघि नबढाउन आदेश गरेको हो । आफूलाई कर निर्धारण गरिएको भनी एनसेल सर्वोच्च अदालत गएको थियो ।






