काठमाडौं, माघ २५ : पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ७१ हजार ९२५ पुगेको छ । थप दुई हजार २५१ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
हालसम्म पिसिआर परीक्षण गराउनेको संख्या २० लाख ९३ हजार ४१७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६८ हजार ७२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २६० संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको संख्या दुई लाख ६८ हजार ७२ पुगेको छ । हाल देशभर एक हजार ८१५ सक्रिय संक्रमित रहेका छन् । हाल ९२ संक्रमित क्वारेन्टिनमा छन् । यस्तै ५६ संक्रमित आइसीयुमा तथा ११ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय थपिएका कोरोना संक्रमितमा प्रदेश–२ को धनुषामा एक, बागमती प्रदेशको काठमाडौंमा ४३, काभ्रेपलाञ्चोकमा तीन, चितवनमा सात, धादिङमा एक, नुवाकोटमा दुई, भक्तपुरमा चार र ललितपुरमा आठ र सिन्धुपाल्चाोकमा एक, गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा तीन, तनहुँमा चार, पर्वतमा एक, म्याग्दीमा तीन र लमजुङमा ६, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा एक, दाङमा तीन, नवलपरासीमा एक, पाल्पामा दुई र बाँकेमा पाँच तथा सुदूरपश्चिम प्रदेशको कैलालीमा एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
थप दुईको मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या दुई हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ ।






