भारत र चीनबीच सीमाक्षेत्रमा पुनः भिडन्त

  माघ १२, २०७७

काठमाडौं, माघ १२ : भारत र चीनबीच विवादित सीमाक्षेत्रमा पुनः भिडन्त भएको भारतीय सञ्चार माध्यमलाई उधृत गर्दै बीबीसीले जनाएको छ । सो भिडन्त तीन दिनअघि उत्तरी सिक्किम क्षेत्रमा भएको समाचारमा उल्लेख छ ।

पछिल्लाे भिडन्त उत्तरी सिक्किमका नाखुलापास क्षेत्रमा भएकाे जनाइएकाे छ । चिनियाँ सेनाले भारतीय सीमाक्षेत्रमा प्रवेश गर्न खाेजेपछि बलपूर्वक फिर्ता पठाइएकाे समाचारमा जनाइएकाे छ ।  दुई देशबीच सीमा विवादका विषयमा विगतमा पनि भिडन्त हुने गरेका र विगतमा लद्दाखको गलवान उपत्यकामा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । 

तपाईको प्रतिक्रिया