काठमाडौँ, माघ १२ : राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबीच सम्झौता भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमबीच यस्तो सम्झौता भएको हो ।
राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन आयोजनाका तर्फबाट भन्सार विभागका महानिर्देशक सुमन दाहाल र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र राय, पशु सेवा विभागका निमित्त महानिर्देशक डा. दमयन्ती श्रेष्ठ र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा. सहदेव हुमागाईंले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार अनलाइनमार्फत लाइसेन्स, परमिट, सर्टिफिकेट (एलपीसीओ)लगायतका काम एकसाथ हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले जानकारी दिनुुभयो । यसअघि एउटा सेवाग्राहीले एउटै कामका लागि विभिन्न निकायमा धाउनुुपथ्र्यो तर अब एक ठाउँबाट नै सबै काम हुने उहाँले बताउनुुभयो । जुुन विभाग तथा कार्यालयअन्तर्गतको काम हुन्छ त्यो अनलाइनमार्फत हुन्छ र सेवाग्राही कुनै एक ठाउँबाट त्यो सेवा प्राप्त गर्नेछ । यो प्रणाली लागू भइसकेपछि पारदर्शिताका साथै समयमा काम सम्पन्न हुने महानिर्देशक रायको दाबी छ । भन्सार दिवसका दिन एकद्वार प्रणालीको औपचारिक घोषणा हुनेछ ।
सम्झौता कार्यक्रममा बोल्नुहुँदै कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले एकद्वार प्रणालीको लागू गर्ने कार्य अन्तराष्ट्रिय व्यापार सम्बन्धमा समान धरातल निर्माणतर्फको एउटा खुड्किलो भएको बताउनुभयो । उहाँले व्यापार घाटालाई समेत सन्तुलनमा ल्याउन यसले सहजीकरणको भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यसले भन्सारबाट जाँचपास कार्य सहज रूपमा सम्पन्न गर्नुुको साथै अन्तराष्ट्रिय व्यापार सम्बन्धमा समान धरातल निर्माणतर्फको महŒवपूर्ण खुड्किलोका रूपमा हामीले यसलाई लिएका छौँ ।”
मन्त्री आर्यालले कार्यान्वयनको चरणमा रहेको कागजरहित अन्तर्राष्ट्रिय व्यापार सेवा प्रदान गर्ने प्रणालीले व्यापार सहजीकरणका लागि कोसेढुङ्गा हुनेसमेत बताउनुभयो । समयानुसार प्रविधिको प्रयोग गरेर कागजरहित सेवा प्रदान गर्दा व्यापार बढ्ने उहाँको भनाइ थियो । “हरेक क्षेत्रका बेथितिको अन्त्य प्रविधिबाट नै गर्ने हो । आयात र निर्यातसँग जोडिएका बेथितिको अन्त्य गर्न यसले महŒवपूर्ण भूमिका निर्वाह गर्नेछ,” मन्त्री अर्यालले भन्नुभयो, “आर्थिक उदारीकरण र खुला बजारमा हामी गइसकेको अवस्थामा हामीले हाम्रा प्रतिस्पर्धी क्षमतालाई हरेक ढङ्गले विकास गर्न जरुरी छ ।”
कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले यो सम्झौताले कृषि क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय व्यापारमा अब सहजता आउने बताउनुभयो । एकद्वार प्रणालीमार्फत सेवाग्राहीले सरल ढङ्गबाट सेवा पाउने बताउँदै उहाँले प्रविधिको उच्चतम प्रयोग अहिलेको आवश्यकता भएको बताउनुभयो । यस्तै एकद्वार प्रणाली कार्यान्वयन आयोजनाका तर्फबाट कार्यक्रममा बोल्नुुहुँदै भन्सार विभागका महानिर्देशक सुमन दाहालले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणको नयाँ युग सुरु हुनै लागेको बताउनुभयो । केही समयमै कार्यान्वयनमा आउने एकद्वार प्रणालीले एकआपसमा सम्बन्ध विस्तार मात्र नभएर कामकारबाहीमा ठूलो परिवर्तन हुने बताउनुभयो ।






