मलेसियामा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित

  माघ ०१, २०७७

क्वालालमपुर, माघ १ : मलेसियामा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै संक्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार एकैदिनमा तीन हजार ३३७ जना संक्रमित भएका हुन् । यो संख्या महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको उनीहरूले जनाएका छन् ।

मलेसियामा कोरोनाका कारण अहिलेसम्म एक लाख ४७ हजार ८५५ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहद्वारा जारी प्रेस वक्तव्यमा एकैदिनमा संक्रमितमध्ये तीन हजार ३३० जना स्वदेश भित्रै एक अर्कामा सरेर संक्रमित भएको उल्लेख गरिएको छ ।

उहाँले कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये १५ जनाको मृत्यु भएको पनि जानकारी दिनुभयो । योसँगै मलेसियामा कोरोनाबाट अहिलेसम्म ५७८ जनाको मृत्यु भएको छ ।

मलेसियामा अहिलेपनि ३३ हजार ९८९ जना संक्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया