वीरगन्ज, पुस १६ : लुम्बिनी चिनी मिल्सका सञ्चालक मनोज अग्रबाल बीरगञ्जमा ‘पक्राउ’ पर्नुभएको छ । मनोज अग्रवालको स्वामित्वमा रहेको चिनी उद्योगल उखु किसानको करीब नौ करोड रुपिया भुक्तानी गर्न बाँकी रहेकाले सोही आधारमा प्रहरीले ‘पक्राउ’ गरेको हो ।
सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्सा एसपी गंगा पन्तले उहाँलाई उपस्थित गाराउन आदेश भए अनुसार अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराइएको र उहाँलाई नवलपरासी पठाउने तयारी भई रहेको बताउनुभयो ।






