काठमाडौं, पुस १४ : नेकपा (प्रचण्ड–नेपाल) समूहले मंगलबार प्रतिनिधिसभा विघटनको विरुद्धमा शक्ति प्रदर्शन गर्दैछ । काठमाडौंलगायत देशभरि नै समूहले शक्ति प्रदर्शन गरिरहेको छ । वरिष्ठ नेता झलनाथ खनालका अनुसार यो समूहले काठमाडौंमा मात्रै ५० हजार कार्यकर्ता उतार्ने दाबी छ ।
काठमाडौंमा उपत्यकामा बिहान साढे ११ बजेदेखि विभिन्न ठाउँबाट जुलुुस सुरु भएका छन्। टेकु, नयाँबानेश्वर, कुपन्डोल, लैनचौर र नक्शाल, , बागबजार, रत्नपार्कबाट जुलुस सुरु भएका छन् ।ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने भएका छन् । भृकुटीमण्डपमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने भएका छन् ।
यो समूहको बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै पहिलो चरणको कार्यक्रम अन्तर्गत पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।






