लण्डनमा प्रत्येक ५० मा एक जनामा भाइरसको सङ्क्रमण

  पुष ०९, २०७७

काठमाडौं, पुस ९ : बेलायतको मुख्य शहर समेत रहेको राजधानी लण्डनमा हालै गरिएको एक अध्ययन सर्वेक्षण (ओएनएस)मा प्रत्येक ५० जनामध्ये एकमा कोरोनाभाइरसको सङ्क्रमण हुने तथ्याङ्क सार्वजनिक भएको छ । लण्डनको कुल जनसंख्याको करिब दुई प्रतिशतमा भाइरसको सङ्क्रमण हुने सर्वेक्षणले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको तथ्याङ्क बमोजिम वेल्समा प्रति ६० जनामा एकमा भाइरसको सङ्क्रमण हुने अनुमान गरिएको छ । बेलायतभरि उक्त अनुपात ८५ मा एक हुने बताइएको छ ।
बीबीसीका अनुसार स्कटल्याण्डमा प्रति १४० जनामा एकमा भाइरसबाट सङ्क्रमित भएको र उत्तरी आयरल्याण्डमा उक्त अनुपात १८० मा एक छ । ओएनएस सर्वेक्षणमा अस्पताल, केयर होम्स वा अन्य संस्थामा भर्ना भएका बिरामीको आँकडा समेटिएको छैन् ।

लण्डन बेलायतमा सबैभन्दा सङ्क्रमित थपिदै गएको क्षेत्र हो । गत् अक्टोबरको मध्यमा उत्तरी इंग्ल्याण्डमा देखिएको सङ्क्रमण दर हालको दिनमा लण्डनमा पाइएको छ । लण्डनमा डिसेम्बर सुरु यता पुष्टि भएका सङ्क्रमितको करिब दुई तिहाइ सङ्क्रमितमा नयाँ प्रकारको भाइरसको सङ्क्रमण पाइएको छ ।

तपाईको प्रतिक्रिया