समावेशी आयोगमा सिफारिस तिमल्सेनाद्वारा पद अस्वीकार

  पुष ०६, २०७७

काठमाडौं, पुस ६ : समावेशी आयोगको सदस्यमा सिफारिस भएका सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार रामकृष्ण तिमल्सेनाले पद अस्वीकार गरेका छन् । उनले आइतबार राति फेसबुकमा पोस्ट गर्दै आफूलाई उक्त पदप्रति रुचि नभएको बताएका हुन् । उनी हाल नेसनल ल कलेजका प्रिन्सिपल हुन् भने सर्वोच्च अदालतको संवैधानिक इजलासमा पनि विज्ञका रूपमा कार्यरत छन् ।

‘समावेशी आयोगको सदस्य पदमा मेरो नाम सिफारिस भएको भन्ने पत्रपत्रिकाबाट थाहा पाएँ । मैले सो पदमा काम गर्न कुनै इच्छा कसैलाई व्यक्त गरेको पनि छैन। उक्त पदमा जाने मेरो रहर पनि छैन,’ उनले लेखेका छन्, ‘सबै साथीभाइको जानकारीकf लागि यतिसम्म भन्न पर्ने स्थिति आयो। मलाई सिफारिस गर्ने परिषद्‌प्रति म क्षमाप्रार्थी छु।’

तपाईको प्रतिक्रिया