विराटनगरमा आगलागी, १४ वर्षीय बालकको मृत्यु

  पुष ०५, २०७७

मोरङ, पुस ५ : विराटनगरको एक घरमा आगलागी हुँदा १४ वर्षीय बालकको जलेर मृत्यु भएको छ । विराटनगर–१४ र १८ को बीचमा पर्ने झटियाईमा आज राती १२ बजे आगलागी हुँदा १४ वर्षीय बालक रविन दास तक्काको जलेर मृत्यु भएको हो ।

आगलागीमा परी ३२ वर्षीया इन्द्रदेवी तक्मा र ७ वर्षीय किसनकुमार दास तक्मा सामान्य घाइते भएका छन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार घुर ताप्न बालेको आगोबाट फुसका घर जलेका हुन् । त्यस क्रममा एकजना बालकको जलेर मृत्यु भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

आगो दमकल र प्रहरीले बिहान नियन्त्रणमा लिइएको थियो । थप क्षति हुनबाट जोगिएको छ, प्रहरी निरीक्षक थापाले भन्नुभयो बालकको मृत्यु भएका कारण आगलागीको विषयमा प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

तपाईको प्रतिक्रिया