उपत्यकामा एक हजार ६३० कोरोना संक्रमित थपिए

  कार्तिक १७, २०७७

काठमाडौं, कात्तिक १७ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका एक हजार ६३० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४४६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयले कोभिड-१९ सम्बन्धी प्रेस ब्रिफिङ्को क्रममा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ६३० जना नयाँ संक्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये ७०२ जना महिला र ९२८ जना पुरूष छन् ।

तपाईको प्रतिक्रिया