काठमाडौं उपत्यकामा २५२ संक्रमित थपिए, भदौ महिनायताकै सबैभन्दा कम

  कार्तिक ११, २०७७

काठमाडौं, कात्तिक ११ : काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २५२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो चौबीस घण्टामा २५२ जना सङ्क्रमित थपिएका हुन् ।

विगतको अपेक्षा उपत्यकामा थोरै मात्रामा स्वाब परीक्षण गरिएकोले कम सङ्क्रमित पहिचान गरिएको हुनसक्ने आँकलन गरिएको छ । कात्तिक ११ गते थपिएको संक्रमितभन्दा कम भदौ १४ गते काठमाडौं उपत्यकामा १८६ जना संक्रमितको पहिचान गरिएको थियो । त्यसयता काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा संक्रमित हुने बढ्दै गएको थियो । 

मन्त्रालयले उपत्यकाका तीन जिल्लामा १५५ पुरुष र ९७ महिला सङ्क्रमितको पहिचान गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि पाँच सय ७० जना सङ्क्रमित थपिएका छन् । दुई हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया