काठमाडौं उपत्यकामा थपिए २ हजार ७ सय २० कोरोना संक्रमित

  कार्तिक ०७, २०७७

काठमाडौं, कात्तिक ७ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका दुई हजार ७२० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७२० जना सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयले उपत्यकाका तीन जिल्लामा एक हजार ९२ महिला र एक हजार ६२८ जना पहिचान गरिएको जनाएको छ । पछिल्लो २४ घण्टामा देशैभरि चार हजार ४९९ जना सङ्क्रमित थपिएका छन् । १६ हजार ८६४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा हाल २४ हजार १३५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उपत्यकाका तीन जिल्लामा हालसम्म ४२ हजार ४२५ जना निको भएका छन् । उपत्यकामा कोरोना सङ्क्रमणबाट हालसम्म २९३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ६८८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख पाँच हजार सङ्क्रमित निको भएका छन् ।

तपाईको प्रतिक्रिया