पछिल्लो २४ घण्टामा थप २१ संक्रमितको मृत्यु

  कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : पछिल्लो २४ घण्टाको अवधिमा बुधवार अपराह्णसम्म थप २१ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा अहिलेसम्म ८१२ सङ्क्रमितको मृत्यु भएको देखिन्छ । सङ्क्रमितमध्ये २९० जना सघन उपचार कक्षमा र ७७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

कति जना भए निको
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २४ घण्टाको अवधिमा देशभरि ३,२१५ सङ्क्रमित रोगमुक्त भएका छन् । अहिलेसम्म एक लाख दुई हजारभन्दा बढी सङ्क्रमित निको भइसकेका छन् ।

गत भदौ २४ देखि प्रत्येक दिन १ हजारभन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् । कात्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित भएका थिए । असोज २४ गते मन्त्रालयले ५,००८ जना सङ्क्रमित फेला परेको बताएको थियो ।

पछिल्ला केही दिनयता नेपालमा संक्रमितको संख्या र मृत्यु हुने संख्या बढ्दै गइरहेको छ ।

तपाईको प्रतिक्रिया