काठमाडौं, कात्तिक ४ : देशभरि कोरोना भाइरसको संक्रमण तीन हजार ९३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा १३ हजार ८६१ जनाको पिसिआर परीक्षणका क्रममा तीन हजार ९३ जनामा संक्रमण छ । तीमध्ये एक हजार १७४ महिला र एक हजार ९१९ पुरुष छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले आज देखिएका संक्रमितसंँगै देशभरि कुल संक्रमित एक लाख ३९ हजार १२९ र सक्रिय संक्रमित ४१ हजार ७७५ जना रहेको जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार १०८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९६ हजार ६०९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ ।
यस्तै देशभरका संस्थागत आइसोलेशनमा १३ हजार ५५९, होम आइसोलेशनमा २८ हजार १८६ र क्वारेन्टिनमा चार हजार २२० जना छन् । आजसम्म १३ लाख १४ जनाको ७७९ पिसिआर परीक्षण गरिएको छ ।






