काठमाडौं उपत्यकामा दुई हजार ४०२ मा सङ्क्रमण पुष्टि

  असोज ३०, २०७७

काठमाडौं, असोज ३० : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा दुई हजार ४०२ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ४०२ जना सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार थपिएकामध्ये काठमाडौँका एक हजार ७८४, ललितपुरका ३७४ तथा भक्तपुरका २४४ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा देशैभरिबाट तीन हजार ५२२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । ८८ हजार ४० जना कोरोनामुक्त भएका छन् ।

सक्रिय सङ्क्रमित ३७ हजार ३८२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ३९२ जनामा सङ्क्रमणको पुष्टि भएको छ । नेपालमा कुल सङ्क्रमित एक लाख २६ हजार १३७ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ हजार ५३१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया