राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

  असोज २९, २०७७

काठमाडौं, असोज २९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। उहाँले बिहीबार बेलुका ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनु भएको हो ।
बुधबार सामान्य टाउको दुखेका कारण कोभिड परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको भन्दै अध्यक्ष थापाले आफूसँग केही दिनयता सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन समेत आग्रह गर्नु भएको छ ।

‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाइको कारण कोभिड १९ पिसिआर परीक्षण गर्दा मेरो रिपोर्ट पोजिटिभ देखिएको छ।’ अध्यक्ष थापाले लेख्नु भएको छ‚ ‘अवस्था सामान्य छ। केही दिनयता मसँग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु।’

तपाईको प्रतिक्रिया