काठमाडौं, असोज २६ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका दुई हजार २८३ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार २८३ जना सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयले काठमाडौंमा एक हजार हजार ८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट एक हजार ४७३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
७७ हजार २७७ जना कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमित ३३ हजार ८८० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४ हजार ५३० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ४७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
नेपालमा कुल सङ्क्रमित करिब एक लाख ११ हजार नाघेको छ ।






