बुटबलमा थप एक कोरोना संक्रमितको मृत्यु

  असोज २६, २०७७

बुटवल, असोज २६ : बुटवलको कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । देवदह–१० का ७९ वर्षीय पुरुषको सोमबार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताउनुभयो ।

उहाँलाई असोज २० गते स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियोे । आइतबार थप समस्या भएपछि भेन्टिलेटरमा राखि उपचार गरिएकोमा सोमबार मृत्यु भएको हो । निजमा व्यक्तिमा दम, मधुमेह र उच्च रक्तचापको समस्या थियो ।

तपाईको प्रतिक्रिया