“पियाच्वने” म्युजिक भिडियो सार्बजनिक

  असोज २५, २०७७

काठमाडौँ, असोज २५ : नेपाल भाषाको नयाँ गीत “पियाच्वने“ म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक सुमन बज्राचार्यको सुमधुर आवाजमा सजिएको “पियाच्वने“ नेपाली सांगीतिक बजारमा आएको हो ।

सो गीतमा शब्द तथा संगीत ज्ञानु मुनि शाक्यको रहेको गीतलाई फिरोज बज्राचार्यले स्टुडियो संगीत भर्नु भएको थियो । छायाँकार अभिषेक शाक्यले छायांकन गरेको म्युजिक भिडियोलाइ राजिप बज्राचार्यले कोरियोग्राफी गर्नु भएको थियो ।

म्युजिक भिडियोमा बिश्वास बज्राचार्यले निर्देशन गर्नुका साथै भिडियोमा सरिता बज्राचार्य, रिकेश कस्ती, सुमन बज्राचार्य, मन्जिल शाक्य, सुजित नापित, जेनेन राज शाक्य, कृष्ण महर्जन, हस्ना महर्जन, रुक्सना महर्जन र रेजिना बज्राचार्यलाइ फिचर्ड गरिएको छ ।

तपाईको प्रतिक्रिया