काठमाडौं उपत्यकामा एक हजार १७ मा सङ्क्रमण पुष्टि

  असोज २०, २०७७

काठमाडौं, असोज २० : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार १७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार १७ जना सङ्क्रमित थपिएको जनाएको छ ।

मन्त्रालयले काठमाडौंमा ७८३, ललितपुरमा ११६ र भक्तपुरमा ११८ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट दुई हजार ३४० जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

६७ हजार ५४२ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी, एक हजार ५५१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित हुने ९० हजार ८१४ पुगेको छ ।

तपाईको प्रतिक्रिया