कोरोना सङ्क्रमित राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

  असोज १८, २०७७

काठमाडौं, असोज १७ : कोरोनाभाइरसको पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना हुनुभएको छ । व्हाइट हाउसले राष्ट्रपति ट्रम्पमा उच्च मनोबल देखिए पनि थकित महसुस गरेपछि साबधानी अपनाउँदै अस्पताल लगिएको जनाएको छ ।

बीबीसीका अनुसार राष्ट्रपति ट्रम्प मास्क लगाएर शुक्रबार अपरान्ह व्हाइट हाउसमा लगाइएको हेलिकप्टरसम्म पुगेर अस्पतालका लागि प्रस्थान गर्नुभयो । उहाँ वाशिंगटन डीसीको वाल्टर रोडस्थित नेशनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना हुनुभएको हो । हेलिकप्टरमा बस्नुअघि उहाँले हात हल्लाउन अतिरिक्त सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिनुभएन ।

भिडियो सन्देशमा राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, “म राम्रो महसुस गर्दैछु, फस्र्ट लेडीले राम्रो अवस्थामा हुनुहुन्छ ।” ७४ वर्षीय ट्रम्प छ फिट तीन इन्च अग्लो हुनुहुन्छ । ६५ देखि ७४ वर्षसम्मको उमेर समूह सङ्क्रमित हुँदा चिकित्सकको उच्च निगरानीमा बस्नुपर्ने अमेरिकी स्वास्थ्यविद्हरुले सुझाएका छन् । राष्ट्रपति निर्वाचनको मिति नजिकिई चुनाबी गतिविधि र चहलपहल उच्च भइरहँदा ट्रम्प भाइरसबाट सङ्क्रमित भई बिरामी पर्नुभएको हो ।

तपाईको प्रतिक्रिया