सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

  असोज १७, २०७७

काठमाडौं, असोज १७  : धनुषा, मिथिला नगरपालिका(९ स्थित सडकमा बा १८ च ५८७९ नम्बरको स्कारपियो गाडी र बा ७३ प १९०३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार महोत्तरी सोनवा गाउँपालिका १ बस्ने २८ वर्षीय सेराज हकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर हुँदै थप उपचारका लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार रौतहट चन्द्रपुर नगरपालिका(७ बस्ने २३ वर्षीय सुभास चौधरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । स्कारपियो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, मिक्लाजुङ गाउँपालिका ४ मुगुटारमा प्रदेश १०१००१ त ८२५५ नम्बरको
ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय डिक बहादुर राईको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ जोरआपस्थित सडकमा स १ त ६६८० नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार
दिप्रुङ चुईचुम्मा गाउँपालिका ७ टेम्मा बस्ने २६ वर्षीय प्रकाश राईको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै कास्की, अन्नपूर्ण गाउँपालिका ५ नयाँपुलस्थित सडकमा पोखराबाट पूर्वतर्फ जाँदै गरेको ग १० प २१२२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा स्कुटरमा
सवार स्याङ्जा आँधीखोला गाउँपालिका ६ बस्ने २६ वर्षीय पुष्कर बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको
हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरका चालक स्याङ्जा आँधीखोला गाउँपालिका ६ बस्ने २५ वर्षीय सन्तोष न्यौपानेको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया