ठडिँदै सम्पदा

  असोज १७, २०७७

दीपक श्रेष्ठ

काठमाडौं, असोज १७ : ऐतिहासिक रानीपोखरी र बालगोपालेश्वर मन्दिर मल्लकालीन सीप अनि शैलीमा करिब करिब निर्माण सम्पन्न भएको छ । टन्न पानी भरिएको नीलो पोखरीको बीचमा ग्रन्थकुट शैलीको श्वेत मन्दिरले सहरको सौन्दर्यमा रौनक थपेको छ ।

पोखरीको ऐतिहासिक महत्वको झल्को दिन नेपालका विभिन्न तीर्थस्थलको पवित्र जल ल्याएर रानीपोखरीमा राख्ने योजना पनि छ । यद्यपि रानीपोखरी पुनर्निर्माणको कथाले चाहिँ सम्पदा संरक्षणमा हाम्रो पहलमाथि प्रश्न उठाएर गएको छ ।

करिब पाँच वर्षअघिको कुरा हो, काठमाडौँ महानगरपालिकाले आधुनिक शैलीको पोखरी निर्माण कार्य अगाडि बढाएपछि सम्पदाप्रेमी लामो समय आन्दोलित भए । सडक प्रदर्शन, घेराउ र रस्साकस्सीपछि सरकारले पोखरी पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दियो । सम्पदाप्रेमीको मागअनुसार उपभोक्ता समितिमार्फत निर्माण कार्य अगाडि बढाउने गरी भक्तपुरका रैथाने कालीगढ झिकाइए । रानीपोखरीको पिँधमा पाँगो माटो, त्यसमाथि बालुवा अनि कालो माटोमाथि इँटा छापेर पोखरी बनाइयो । सिमेन्टको प्रयोगलाई बर्जित गरियो । पोखरी बनाउने यो परम्परागत शैली र सीप हो, जुन भक्तपुरवासीले जोगाएर राखेका छन् । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर कुन शैलीमा बनाउने भन्ने विवाद निस्कियो । विवाद सल्ट्याउन महानगरपालिकाले पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा विज्ञ समूह बनायो । विज्ञ समूहले ग्रन्थकुट शैलीमा नै मन्दिर बनाउन सिफारिस ग¥यो । यद्यपि सुरुमा त्यसलाई पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले स्वीकारेका थिएनन् । तर विज्ञसहित सम्पदाप्रेमीले भने मल्लकालीन ग्रन्थकुट शैलीमै मन्दिर बनाउन निरन्तर दबाब दिए । विज्ञ समूहका सदस्य एवं सम्पदाविद् सुदर्शनराज तिवारीका अनुसार वि।सं। १८९० को भुइँचालोले ग्रन्थकुट (शिखर) शैलीको मन्दिर ढलेपछि जङ्गबहादुर राणाले गुम्बज शैलीमा बनाए । १९९० सालको भूकम्पले फेरि रानीपोखरीमा क्षति भयो । त्यसलाई जुद्ध शमशेरले गुम्बज शैलीमा केही परिर्वतन गरेर मर्मत गरेका थिए ।

बालगोपालेश्वर मन्दिर निर्माण जिम्मा पाएको कम्पनीले मन्दिरको जगमा राखेको कङ्क्रिट निकालेर परम्परागत प्रविधि र शैलीमै जग राखियो । रत्नपार्क, दरबार हाइस्कुल र त्रिचन्द्र कलेजतिरबाट निकास भई आउने आकाशे पानीलाई समेत पोखरीमा खसाल्ने व्यवस्था गरिएको छ, जुन मल्लकालीन समयमा थियो । त्यसका लागि पानी छान्ने प्रणालीसमेत स्थापित गरिएको छ । पोखरीको दक्षिणतर्फ रहेको शान्ति बाटिकातिर मल्लकालीन फल्चा (पाटी) थियो रे । पुराना तस्बिरका आधारमा त्यो फल्चा ब्युँताउने योजना प्राधिकरणको छ । यिनै दृष्टान्तले बताउँछ सम्पदा संरक्षणमा हाम्रा प्रयास कसरी अगाडि बढेका छन् ? यसले के पनि सङ्केत गर्छ भने सम्पदाबारे कहीँ कतै कमजोरी छन्, बुझाइ अनि गराइमा । सम्पदा के हो ? यसको संरक्षण किन गर्ने ? केका लागि गर्ने ? कसरी गर्ने ? भन्ने सवालमा सम्बद्ध निकाय नै अन्योलमा छन् । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले भन्नुभयो, “अन्य निर्माण जस्तो होइन, सम्पदा पुनर्निर्माणमा धेरै जटिलता छन् । दसवटा मन्दिरमा दसथरी आर्किटेक्ट डिजाइन हुन्छ ।”

यस्तो छ अवस्था
भूकम्पपछिको आधा दशकमा पुरातात्विक एवं सांस्कृतिक सम्पदा पुनर्निर्माणको करिब आधा काम सम्पन्न भएको छ । केही काम सम्पन्न हुने चरणमा छन् । पुनर्निर्माण प्राधिकरणका अनुसार भुइँचालो प्रभावित ३२ जिल्लामा ९२० वटा पुराताìिवक सम्पदा पुनर्निर्माण गर्नुपर्नेमा ४५३ वटा अर्थात् ४९ प्रतिशत निर्माण सम्पन्न भएको छ । ७८ वटा (८ प्रतिशत) पुनर्निर्माण जारी छन् भने ३८९ (४२ प्रतिशत) निर्माण सुरु हुन बाँकी छन् । यद्यपि विश्व सम्पदा क्षेत्रभित्र पुनर्निर्माण गर्नुपर्ने १७० मध्ये १०३ अर्थात ६० दशमलव ५८ प्रतिशत निर्माण सम्पन्न भएको छ । त्यसमध्ये बौद्धनाथको मर्मत कार्य समयमै सम्पन्न भइसकेको छ । पुरातìव विभागका इन्जिनियर पूर्णबहादुर श्रेष्ठका अनुसार उपभोक्ता समितिमार्फत सम्पन्न बौद्धनाथको मर्मत कार्यमा भक्तजनहरूले खाजा, पानी खुवाउनेदेखि स्वतःस्फूर्त श्रमदानमा समेत जुटेका थिए । बौद्धनाथ मर्मतमा प्राविधिक सहयोगमा जुट्नुभएका इन्जिनियर श्रेष्ठले भन्नुभयो, “सांस्कृतिक सम्पदाको पुनर्निर्माण र संरक्षणमा धार्मिक आस्था र स्थानीय सहभागिता निकै महìवपूर्ण हुने रहेछ ।”
पुरातत्व विभागले दिएको जानकारी अनुसार भुइँचालोबाट क्षति भएका ९२० (गुम्बा, माने, विहार बाहेक) को पुनर्निर्माणमा १० अर्ब आठ करोड ८५ लाख ५२ हजार लागत इस्टमेट गरिएको छ । यसमध्ये पुरातìवबाट ७३७ वटा र अन्य संस्थाबाट १८३ वटा सम्पदा पुनर्निर्माण सञ्चालन गर्नुपर्ने छ । निर्माण सम्पन्न भएका ४५३ सम्पदामा आर्थिक वर्ष २०७२÷७३ देखि २०७६÷७७ सम्म तीन अर्ब ४० करोड ५८ लाख ८६ हजार रुपियाँ खर्च भएको छ । त्यस्तै चालू आर्थिक वर्षका लागि एक अर्ब ७३ करोड ६६ लाख ५६ हजार रुपियाँ बजेट स्वीकृत भएको छ । यस आर्थिक वर्षमा २७८ वटा सम्पदा पुनर्निर्माण कार्य चालू अवस्थामा रहेका छन् । बाँकी सम्पदा पुनर्निर्माण सम्पन्न गर्न चार अर्ब ९४ करोड ६० लाख १० हजार रुपियाँ बजेट आवश्यक पर्ने जनाइएको छ ।
त्यस्तै भुइँचालोबाट एक हजार ३९० गुम्बा, विहार र स्तूप क्षति भएका मध्ये पुनर्निर्माण गर्नुपर्ने गुम्बा ८९५ र मर्मत गर्नुपर्ने ४०२ वटा छन् । त्यसमध्ये एक सय वर्षभन्दा पुराना २५० वटा गुम्बाको डिजाइन भइरहेको छ भने २८९ वटाको मर्मत सम्पन्न भइसकेको छ । ११३ वटाको मर्मत कार्य भइरहेको जनाइएको छ ।
महानिर्देशक गौतमका अनुसार भुइँचालोले भत्किएका सम्पदाको आर्किटेक्ट डिजाइन, लागत अनुमानपछि तेस्रो वर्षबाट सम्पदा पुनर्निर्माण थालिएको हो । कतिपय मन्दिर भत्काउन र बनाउनसमेत साइत जुराउनुपर्ने धार्मिक मान्यता, परम्परागत स्रोत, सामग्रीको उपलब्धता, दक्ष कामदारलगायत विविध पक्ष सम्पदा पुनर्निर्माणमा जोडिएको हुन्छ । जसले गर्दा जति काम भएको छ त्यो सन्तोषजनक भएको ठम्याइ महानिर्देशक गौतमको छ ।

सम्पदा क्षेत्रको पुनर्निर्माण

विश्व सम्पदा क्षेत्रको पुनर्निर्माण कार्य आसलाग्दो रहेको छ । भुइँचालोले पाटन दरबार क्षेत्रमा क्षतिभएका १८ मध्ये १० वटा सम्पन्न र आठवटा सम्पदा निर्माणाधीन छन् । त्यस्तै भक्तपुर दरबार क्षेत्रमा २९ वटामध्ये २० वटा सम्पन्न, ६ वटा निर्माणाधीन र तीनवटा प्रक्रियामा जान बाँकी छन् । चाँगुनारायणका आठमध्ये पाँचवटा सम्पन्न, दुई निर्माणाधीन र एक सम्पदा बाँकी छ । हनुमानढोका दरबार क्षेत्रका ३९ सम्पदामध्ये १९ सम्पन्न, नौ वटा निर्माणाधीन र ११ वटा बाँकी छन् । त्यस्तै स्वयम्भूका १३ मध्ये ११ सम्पन्न र दुई निर्माणाधीन, पशुपति क्षेत्रमा ६२ मध्ये ३५ सम्पन्न, २७ सम्पदा निर्माणाधीन छन् । बौद्धनाथको पुनर्निर्माण सम्पन्न भइसकेको छ । भूकम्पले देशभरिमा ७५३ वटा सम्पदालाई बढी क्षति पु¥याएको छ । त्यसमध्ये काठमाडौँमा २५०, ललितपुरमा १३० र भक्तपुरमा ७८ वटा रहेका छन् ।

पुनर्निर्माणका समस्या
ठेक्का पाएको तीन वर्षसम्म पनि जगतनारायण मन्दिर र सत्तलको काम सम्पन्न नगरेपछि गत मङ्सिरबाट नयाँ कम्पनीलाई काम जिम्मा दिइएको छ । तीनतर्फको ९यू आकारको० सत्तलको काम दोस्रो तलामा पुगे पनि जगैदेखि ढलेको जगतनारायण मन्दिरको काम अगाडि बढेको छैन । जगतनारायण मन्दिरको मूर्ति छाउनी सङ्ग्रहालयमा लगेर सुरक्षित गरिए पनि त्यहाँ रहेका अन्य मूर्ति, घण्टलगायत पुराताìिवक महìवका वस्तु सत्तल सफाइ गर्दाका इँटा र माटोले पुरिएका छन् । निर्माण कम्पनीका तर्फबाट खटिएका सुपरभाइजर सुरज महर्जनले भन्नुभयो, “के गर्ने रु हामीले होइन । पहिलाको ठेकेदारले यसरी थुपारिदिएछ । कुन वस्तु कहाँ छ भनेर खोज्नै सकिन्न । त्यसैले नयाँ नै प्रयोग गर्न सजिलो हुन्छ ।” उहाँले भन्नुभयो, “रोड र पुल बनाउने कम्पनीलाई सम्पदा बनाउन दिएपछि हुने यस्तै हो ।” लामो समयदेखि आफ्नो कम्पनीले सम्पदा पुनर्निर्माणको कार्य गर्दै आएको बताउने महर्जनले सम्पदा निर्माणमा सकेसम्म पुरानै प्रयोग गर्नुपर्ने मान्यता रहेकाले भत्काउने, पन्छाउने बेलामा नै यो ख्याल गर्नुपर्ने विषय भएको बताउनुभयो ।
मठ मन्दिरका मुख्य मूर्तिलाई सुरक्षित स्थलमा लगेर राखिए पनि अन्य पुराताìिवक महìवका वस्तु (शिलालेख, घण्ट, सानातिना मूर्ति, टुँडाललगायत काष्ठकला) निर्माणस्थलमा नै त्यतिकै छाडिएको पाइन्छ । त्यसको सुरक्षाका विषयमा खासै चासो दिएको पाइन्न । निर्माण व्यवसायी रामप्रसाद काखिद्वाले भन्नुभयो, “चौकीदार छैन, कल्ले हेर्ने र हाम्रै कामदारले हेर्छन् ।”
निर्माणाधीन सत्तलको पेटीमा राखिएको केही टुटेको पुरानो घण्टा देखाउँदै सोधेँ, ‘यो हरायो भने को जिम्मेवार’ निर्माण व्यवसायी रामप्रसादले भन्नुभयो, ‘यहाँको होला भनेर पुरिएको ठाउँबाट खोजेर ल्याएको, तल्लो शिव मन्दिरको रहेछ ।’ पुरातत्वका इन्जिनियर पूर्णबहादुरले दैनिकजसो फिल्डमा पुगेर काम हेर्ने गरिएको र पुराताìिवक महìवका वस्तुको सुरक्षा गर्ने गरिएको दाबी गर्नुभयो ।

आशा जगाउने काम
पुरातात्विक महìवका सम्पदा क्षेत्रको पुनर्निर्माणमा आशलाग्दा काम पनि भएका छन् । जहाँ निर्माण कार्य पनि तोकिएको समयभित्रै सम्पन्न भएका छन् र पुराना वस्तुको अधिकतम प्रयोग पनि भएका छन् । यसको एउटा उदाहरण हो, पाटन दरबार क्षेत्रको पुनर्निर्माण । काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रस्ट (केभीपीटी) ले आफैँ दाता खोजेर पुनर्निर्माणको काम गरिरहेको छ । ट्रस्टका कन्ट्री डाइरेक्टर रोहित रञ्जितकारका अनुसार भुइँचालोपछि थुप्रिएको सम्पदालाई कनिका चालेको जस्तो गरेर टिपिएको हो । जसलाई टुक्राटुक्रा जोडेर पुनर्निर्माणमा प्रयोग गरिएको छ । भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणमा अनुकरणीय कार्य गर्दै आइरहेको छ । नगरपालिकाले सम्पदा पुनर्निर्माणको कार्य ठेक्काबाट गर्दैन, उपभोक्ता समितिमार्फत मात्र गराउँदै आएको छ । त्यो पनि पर्यटकसँग उठाइने शुल्कको बजेटबाट । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी श्रेष्ठका अनुसार स्थानीय प्रविधि, सीपको प्रयोगमार्फत यसको संरक्षण गर्दै र स्थानीयमा सम्पदाप्रति अपनत्व विकासका लागि उपभोक्तामार्फत पुनर्निर्माण गरिँदै आएको हो ।
उहाँका अनुसार पाँच तले मन्दिर पुनर्निर्माणमा नगरवासीले उत्साहपूर्ण रूपमा चार हजार १६५ भन्दा बढीले श्रमदान गरेका थिए । जसका कारण लागत खर्च नै ५० प्रतिशत कम भएको थियो । पुनर्निर्माणमा भक्तपुरवासीले श्रमदान मात्र होइन स्रोत सामग्री र आर्थिक सहयोग समेत गरेका थिए ।

ठेक्का कि उपभोक्ता ?
रानीपोखरीको पुनर्निर्माणमा पाँच वर्ष लाग्नुले नै हाम्रा प्रक्रिया, नीति र नियममाथि प्रश्न छाडेको छ । पुरातात्विक महìवका सम्पदाको पुनर्निर्माणमा राज्यले स्पष्ट नीति अगाडि ल्याउनुपर्ने सङ्केत गरेको छ । रातो मच्छेन्द्रनाथ पुनर्निर्माण उपभोक्ता समितिका सचिव मधुकर तुलाधरले त ठोकेरै भन्नुभयो, “बाटो, भवन र पुल बनाउने कम्पनीलाई सम्पदा बनाउन दिएर हुन्न ।”
काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रस्ट (केभीपीटी) का कन्ट्री डिरेक्टर रोहित रञ्जितकारको अनुभवमा सम्पदा पुनर्निर्माण अन्य निर्माण जस्तो ‘क्वालिटी’ हेरेर मात्र पुग्दैन । यसमा सांस्कृतिक, ऐतिहासिक, धार्मिक मान्यतालगायत धेरै पक्षमा ख्याल राख्नुपर्ने हुन्छ । त्यसैले यस्ता कार्य दक्ष जनशक्तिमार्फत स्थानीयवासीको रेखदेखमा उपभोक्ता समितिमार्फत गर्नु संरक्षणका हिसाबले समेत राम्रो हुन्छ । स्थानीयमा अपनत्व, आफ्नो, हामीले गरेको भन्ने भावनाको विकास हुन्छ ।
उहाँले सरकारी नीति उपभोक्तामैत्री र ‘प्राक्टिकल’ नरहेको बताउनुभयो । आर्किटेक्ट इन्जिनियर मुनिन्द्र श्रेष्ठले विगतका त्रुटिपूर्ण अभ्यासलाई सच्याउँदै जानुपर्ने बताउनुभयो । उहाँका अनुसार स्थानीय प्रविधि र सीप, स्थानीय पैसा, स्थानीय सहभागिता र स्थानीय व्यवस्थापनमा सम्पदाको पुनर्निर्माण र हेरचाह हुनुपर्छ । भूकम्पपछिको पुनर्निर्माणले यही अनुभव सिकाएको श्रेष्ठले बताउनुभयो । यिनै परिसूचकका आधारमा सार्थक रूपमा संरक्षण भयो कि भनेर भनेर सम्पदा पुनर्निर्माणको जाँच गर्न सकिने समेत उहाँले बताउनुभयो ।
पुरातत्व विभागका महानिर्देशक गौतमले उपभोक्तामार्फत काम गर्दासमेत अनेक खालका समस्या विगतमा आएको स्मरण गर्दै सम्पदा क्षेत्रको पुनर्निर्माणमा ‘प्री क्वालिफाइड लिस्ट’ बनाएर काम गर्नुपर्ने बताउनुभयो । स्थानीयवासीको सहभागितामा सम्पदा पुनर्निर्माण गर्ने विश्वास गर्नसक्ने आधार भएमा र सरकारी ऐन नियमले मिल्नेसम्म उपभोक्तामार्फत पुरातìवले काम गराउँदै आएको समेत उहाँले बताउनुभयो ।

पारदर्शिता र जबाफदेहिता
सम्पदा पुनर्निर्माणमा समाज, सरकार, ऐतिहासिकता, सांस्कृतिक, सामाजिक परम्परा गाँसिएको हुन्छ । त्यसैले सम्पदा पुनर्निर्माणमा पारदर्शिता र जबाफदेहिताको सवाल जटिल बन्ने गरेको छ । निर्माण व्यवसायीबाट भन्दा स्थानीयवासीको सहभागितामा उपभोक्ता समितिबाट सम्पदा पुनर्निर्माण गरिँदा पारदर्शिता र जबाफदेहितासमेत रहने अनुभव ट्रस्टका रञ्जितकारको छ ।
भक्तपुर नगरपालिकाले सम्पदा पुनर्निर्माणका सम्पूर्ण खर्च विवरण ‘भक्तपुर’ मासिक पत्रिकामार्फत सार्वजनिक गर्दै आएको छ । उपप्रमुख जोशीले भन्नुभयो, “सम्पदा संरक्षणप्रति नगरवासीलाई जबाफदेही बनाउने र काममा पारदर्शिता दिने हाम्रो नीति नै हो ।”
निर्माणको क्षेत्रमा सरकारले गरेको नीतिगत व्यवस्थाअनुसार सम्पदा पुनर्निर्माणका कार्य अगाडि बढिरहेको पुरातìवले जनाएको छ । जसका लागि ड्रइङ, डिजाइनसहित प्राविधिकलाई निर्माणस्थलमा खटाइएको हुन्छ । सम्पदा पुनर्निर्माण गर्नुअघि के, कुन, कहाँ, कस्तो अवस्थामा थिए ? भनेर ‘इन्भेन्ट्री’ गरिने महानिर्देशक गौतमले बताउनुभयो ।

सकारात्मक सन्देश
भुइँचालोपछि सम्पदा पुनर्निर्माणमा नागरिकले देखाएको चासोले संरक्षणका क्षेत्रमा सकारात्मक सन्देश दिएको छ । पुरातात्विक महत्वलाई जीवित राख्दै पुनर्निर्माण गर्नुपर्छ भन्दै स्थानीयवासीले देखाएको जागरुकता र स्वतःस्फूर्त रूपमा श्रममा सहभागिताले सम्पदाप्रतिको गौरव बोधलाई प्रस्ट पार्छ । पुरातत्व विभागका इन्जिनियर पूर्णबहादुर श्रेष्ठले भन्नुभयो, “सम्पदा जोगाउनुपर्छ भन्ने खालको भावना स्थानीयमा धेरै नै पाइयो । यसलाई हामीले बचाएर लैजानुपर्छ ।” ट्रस्टका कन्ट्री डाइरेक्टर रञ्जितकारले भन्नुभयो, “भूकम्पपछिका दिनमा सम्पदा जोगाउनुपर्छ भन्ने भावना जनतामा बढेर गएको छ ।”
नेपालका सम्पदा जीवन्त छन् । प्रकृतिमैत्री समेत छन् । यस्ता सम्पदा जोगाउने नाममा औद्योगिक रूपमा प्रशोधन गरिएका सामग्री प्रयोग गर्नु चाहिँ सम्पदाको सत्यानास हो । आर्किटेक्ट इन्जिनियर मुनिन्द्रले भन्नुभयो, “व्यावहारिक रूपमा केही कठिनाइ पनि छ तर मूल पहिचान नै हराउने गरी, आत्मा मर्ने गरी सम्पदा संरक्षण गरिनु हुँदैन ।”

गोरखापत्र अनलाईनबाट साभार

तपाईको प्रतिक्रिया