तिनाउ नदीमा बाढीले पानीको बहाव बढेसँगै आसपासका क्षेत्र उच्च जोखिममा

  असोज ०८, २०७७

बुटवल, असोज ८ : अविरल बर्षाका कारण रुपन्देहीको बुटवलस्थित तिनाउ नदीमा पानीको बहाब बढेको छ । बहाब बढेसँगै आसपासका क्षेत्रमा उच्च जोखिम बढेको छ । बाढीले बुटवल ११ बुद्धनगर,माझगाउँ, मझुवा एवं वडा नम्बर १७ का केही भागमा कटान थालेकोे हो ।

बाढीले अहिलेसम्म बुद्धनगर, मझुवा र मैनाबगर जोड्ने सडकको केहीभाग र नदी कटान रोक्न मझुवामा बनाइएको तारजाली र ड्याम बगाएको बुटवल ११ का वडाअध्यक्ष रामचन्द्र खनालले बताउनुभयो ।

नदी आसपासका वस्तीमा जोखीम बढेकाले पानी नरोकिए आसपासका केही वस्ती सार्नुपर्ने उहाले बताउनुभयो । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी सहितको टोलीले तिनाउ स्थलगत अनुगमन गरेको छ ।

बाढी सतर्कताको तह नाघेर खतराको तहमा पुगेपछि पाल्पाको तिनाउ गाउँपालिका दोभानमा रहेको बाढी पूर्व सूचना प्रणालीले निरन्तर साइरन बजाएको छ । साइरन बजेलगत्तै बुटवल उपमहानगरले नदी छेउका वासन्दालाई सुरक्षीत हुन सूचना प्रवाह गरेको गोखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया