काठमाडौं उपत्यकामा आज थप ६७४ लाई कोरोना पुष्टि, ६ जनाको मृत्यु

  असोज ०५, २०७७

काठमाडौं असाेज ५ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ६७४ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ५३८, ललितपुरका ६२ र भक्तपुरका ७४ जनालाई कोरोना पुष्टि भएको छ । 

आज देशभर १ हजार १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार ३७६ जना पुगेको छ । जसमध्ये ४७ हजार २३८ उपचारपछि निको भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ । पछिल्लो २४ घन्टामा थप ९६६ जना डिस्चार्ज भए । २४ घण्टामा ९ हजार ५३३ सय जनाको पिसिआर परीक्षण भएको छ । 

यसैबीच आज देशभर १०  कोरोना संक्रमितको मृत्युभएको छ जसमध्ये काठमाडौं उपत्यकामा २४ घण्टामा ६ संक्रमितको मृत्यु भएको छ । 

तपाईको प्रतिक्रिया