काठमाडौँ, असोज ३ : संविधान दिवसका अवसरका दिन आज साहित्य सन्ध्याको नियमित मासिक ४०९ औँ शृङ्खलामा संविधान, राष्ट्रियता र कोभिड १९ विरुद्धका जागरणमूलक रचना प्रस्तुत गरिएका छन् ।
गोष्ठीमा प्रा डा जीवेन्द्रदेव गिरी, डा बालचन्द्र मिश्र, प्रा डाभीम खतिवडा, श्याम सापकोटा, खेम नेपाली, अस्मिता गिरी, डा खेम दाहाल, डा भागवत आचार्य, वासुदेव अधिकारी, राम विनय, गोपालकुमार मैनाली, डा ध्रुव घिमिरे, रमेश पोखरेल, जयन्ती स्पन्दन, गोमा कटुवाल, गणेश मार्मिक, नन्दु उप्रेती, यादव भट्टराई, रामदेव पाण्डेय, भारती न्यौपाने दाहाल, रूपक अलङ्कार, सरस्वती चिमोरिया, ललिता दोषी, सीताराम नेपाल, प्रकाश सिलवाल, गोपाल बराल, गीता सापकोटालगायतले समसामयिक कविता, गीत, गजल वाचन गर्नुभयो ।
बालकवि अनुश्री आचार्यको छन्द कवितावाचनबाट प्रारम्भ गरिएको सो भर्चुअल कार्यक्रममा वाचित सिर्जनामाथि टिप्पणी गर्दै समालोचक प्रा।बालकृष्ण भट्टरार्ईले स्वावलम्बी, ऊर्जायुक्त र गणतन्त्रप्रतिको अपेक्षाका स्वर प्रस्तुत भएको बताउनुभयो । उहाँले ती रचनाले संविधानको सम्मान गर्दै सत्कर्म गर्न सत्तासँग आग्रह गरेको र मानवता हराएकाप्रति कवितामा व्यक्त गरेको जनाउनुभयो । साहित्यसन्ध्याको नियमित कार्यक्रम हरेक महिनाको पहिलो शनिबार हुँदै आएको छ ।