कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतक संख्या ३ सय ४५ पुग्यो

  भदौ २८, २०७७

काठमाडौँ,भदौ २८ : पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना भाइरस संक्रमणबाट मृतकको संख्या ३ सय ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा २४ घन्टाको अवधिमा थप ९ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ३ महिला र ६ पुरुष रहेका छन् । आइतबार पछिल्लो २४ घन्टाको विवरणअनुसार उपत्यकामा ५ सय ९७ सहित नेपालमा १ हजार ३९ जना संक्रमित थपेका छन् ।

तपाईको प्रतिक्रिया