सिन्धुपाल्चोक पहिरो अपडेट : पहिरोमा पुरिएका तीन जनाको शव भेटियो

  भदौ २८, २०७७

सिन्धुपाल्चोक, भदौ २८ : बाह्रबिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्क पहिरोमा बेपत्तामध्ये तीन जना महिलाको शव फेला परेको छ । नागपुजेका ७ घरका १७ जना बेपत्ता छन् ।

भीरखर्कको मानवीय र भौतिक क्षतिको बिबरण संकलन हुदैगरेको प्रहरी निरिक्षक नवराज न्यौपानेले बताउनुभयो ।

शनिबार राती २ बजेर ४६ मिनेटमा बस्तीमाथिबाट आएको पहिरोले बाह्रबिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको थियो ।

भीरखर्कका १२ र नागपुच्छेका ६ घर र किम्बे गाउँमा पहिरोले बगाएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक न्यौपानेले बेपत्ताको खोजी र उद्धारको काम जारी रहेको बताउनुभयो । अहिले स्थानीयहरु खोजी कार्यमा जुटेका छन् ।

तपाईको प्रतिक्रिया