चितवन, भदौ २५ : चितवनमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारत भरतपुर महानगरपालिका ११ का ६२ वर्षिय पुरुषको बिहिबार दिउसो १२ः२० बजे मृत्यु भएको अस्पतालका निर्देशक डक्टर दयाराम लम्सालले लानकारी दिनुभयो ।
ती पुरुष स्वासप्रश्वासमा समस्या भई भदौं २० गते अस्पताल भर्ना हुनु भएको थियो । भदौं २२ गते कोरोना पोजेटिभ पुष्टि भएको उहाँमा स्वासप्रश्वासमा समस्या बढ्दै गएपछि मृत्यु भएको अस्पतालले जनाएको छ । उहाँलाई मेन्टिलेटरमा राखेर उपचार गरिदै आएको अस्पताले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । योसँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।






