स्थायी कमिटिमा पेस गर्न प्रस्ताव तयार, पार्टीभित्रको गुटगत गतिविधि अन्त्य गर्ने अध्यक्षद्वयको संकल्प

  भदौ २५, २०७७

काठमाडौं, भदौ २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले विगतको कमी कमजोरीबाट शिक्षा लिंदै आगामी दिनमा पार्टी एकताको रक्षा एवम् देशको विकास गर्ने संकल्प लिने निर्णय गर्नुभएको छ । शुक्रबार बस्न गइरहेको स्थायी कमिटी बैठकमा पेश गर्न तयार प्रस्तावमा दुई अध्यक्षले सो संकल्प लिने निर्णय गर्नुभएको हो ।

प्रस्तावमा भनिएको छ, “सबै खाले प्रतिकृयावादी तथा अवसरवादी षडयन्त्र तथा दाउपेचहरुलाई चिर्दै पार्टी एकतालाई अक्षुण्ण राख्ने र जनता एवम् राष्ट्रको हितमा समर्पित, निस्वार्थ एवम् सिद्धान्तनिष्ठ एकताको पक्षमा दृढताकासाथ उभिने प्रतिज्ञा गर्दछ ।” पार्टीको शक्ति र सामथ्र्यलाई ठीक ढङ्गले बुझ्न र व्यक्तिगत हितलाई पार्टी हितको मातहत राख्न नसक्दा अन्तरविरोध देखा परेको स्वीकार्दै अध्यक्षद्वयले त्यसले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाएको स्वीकार गर्नुभएको छ ।

प्रस्तावमा भनिएको छ, “विभिन्न सन्दर्भमा नेतृत्व तहबाट समेत गम्भीर प्रकृतिका गल्ति, कमजोरीहरु हुन पुगे । पार्टीभित्र उत्पन्न अन्तरविरोधहरु ठीक किसिमले समाधान गर्न नसक्दा संस्थागत प्रवन्ध उलङ्घन हुँदैगयो र आन्तरिक एकता कमजोर भयो ।” भविष्यमा पार्टीको आन्तरिक कमजोरी हुन नदिनेतर्फ पार्टी पङ्ति सचेत हुने प्रतिवद्धता अध्यक्षद्वयले गर्नुभएको छ ।

उहाँहरुले भन्नुभएको छ, “सम्बन्धित सबै नेता, कार्यकर्ता तथा सदस्यहरुलाई आ–आफ्ना गल्ति, कमजोरीप्रति आत्मसमिक्षक र आत्मालोचित हुँदै भविष्यमा त्यसप्रकारका गल्ति, कमजोरीहरु दोहोरिन नदिन निर्देशित गर्दछौं ।” पार्टीको आन्तरिक गुटगत समस्याले पार्टी कमजोर भएको भन्दै अध्यक्षद्वयले पार्टीलाई विधि, द्धति र संस्थागतरुपमा अगाडि बढाउने अठोट गर्नुभएको छ । उहाँहरुले प्रस्तावमा भन्नुभएको छ, “फैलिदै गएको गुटवन्दीको असरलाई विधि, पद्धति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सबै प्रकारका अनेकता, अराजकता, अनुशासनहीनता एवम् गुटवन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछौं ।” पार्टीको नीति, नेता र कार्यकर्ताका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्नेर पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाईकासाथ रोक्न अध्यक्षद्वयले निर्देश गर्नुभएको छ ।

प्रस्तावमा, “पार्टी भित्रको अन्तरविरोधले गर्दा हुनगएको क्षतिलाई पारस्परिक विश्वास, सम्मान, एकता र समझदारीका साथ पूर्ति गर्ने संकल्प गर्दछौं, स्वस्थ एवम् गतिशील पार्टीका लागि अस्वस्थ बहस र गुटगत अभ्यास खतरनाक शत्रु जस्तै हो ।” पार्टीमा गुटवन्दी तथा अनुशासनहीनता अन्त्य गर्न अध्यक्षद्वयले पार्टी पङ्तिलाई आव्हान गर्नुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने विषयमा कार्यदलले दिएको प्रतिवेदनअनुसार दुई अध्यक्ष सहमत हुनुभएको छ । उहाँहरुले तयार गर्नुभएको प्रस्तावमा भनिएको छ, “अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरुको सञ्चालन, निर्णयहरुको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रीत हुने, अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागत रुपमा अघि बढाउन समन्वय गर्ने ।”

त्यस्तै, पार्टीको बाँकी एकता प्रक्रियालाई टुङ्गो लगाउने विषयमा पनि दुई अध्यक्ष संकल्प गर्नुभएको छ । उहाँहरुको प्रस्तावमा भनिएको छ, “अहिलेसम्म पनि एकता–एकीकरणका कतिपय महत्वपूर्ण कामहरु समेत सम्पन्न हुनसकेका छैनन् । फरक–फरक राजनीतिक कार्यदिशा र पृष्ठभूमीले निर्माण गरेको मनोविज्ञान, प्रमुख नेताहरुबीच बेलाबेलामा उत्पन्न असमझदारी र एकीकरणका संगठनात्मक बिषयहरुमा सहमति हुन नसक्ने जस्ता समस्याले एकीकरण प्रक्रियामा अनपेक्षित विलम्ब हुनपुगेको छ ।

कार्ययोजना र समय तालिकाभित्र रहेर प्राथमिकताका साथ एकीकरणका बाँकी काम सम्पन्न गर्ने ।” पार्टीभित्रको गुटगत गतिविधि अन्त्य गर्ने अध्यक्षद्वयको संकल्प गोरखापत्र अनलाइन काठमाडौं, भदौ २५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले विगतको कमी कमजोरीबाट शिक्षा लिंदै आगामी दिनमा पार्टी एकताको रक्षा एवम् देशको विकास गर्ने संकल्प लिने निर्णय गर्नुभएको छ । शुक्रबार बस्न गइरहेको स्थायी कमिटी बैठकमा पेश गर्ने प्रस्ताव तयार गर्नुहुँदै दुई अध्यक्षले सो संकल्प लिने निर्णय गर्नुभएको हो । प्रस्तावमा भनिएको छ, “सबै खाले प्रतिकृयावादी तथा अवसरवादी षडयन्त्र तथा दाउपेचहरुलाई चिर्दै पार्टी एकतालाई अक्षुण्ण राख्ने र जनता एवम् राष्ट्रको हितमा समर्पित, निस्वार्थ एवम् सिद्धान्तनिष्ठ एकताको पक्षमा दृढताकासाथ उभिने प्रतिज्ञा गर्दछ ।” पार्टीको शक्ति र सामथ्र्यलाई ठीक ढङ्गले बुझ्न र व्यक्तिगत हितलाई पार्टी हितको मातहत राख्न नसक्दा अन्तरविरोध देखा परेको स्वीकार्दै अध्यक्षद्वयले त्यसले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाएको स्वीकार गर्नुभएको छ ।

प्रस्तावमा भनिएको छ, “विभिन्न सन्दर्भमा नेतृत्व तहबाट समेत गम्भीर प्रकृतिका गल्ति, कमजोरीहरु हुन पुगे । पार्टीभित्र उत्पन्न अन्तरविरोधहरु ठीक किसिमले समाधान गर्न नसक्दा संस्थागत प्रवन्ध उलङ्घन हुँदैगयो र आन्तरिक एकता कमजोर भयो ।” भविष्यमा पार्टीको आन्तरिक कमजोरी हुन नदिनेतर्फ पार्टी पङ्ति सचेत हुने प्रतिवद्धता अध्यक्षद्वयले गर्नुभएको छ । उहाँहरुले भन्नुभएको छ, “सम्बन्धित सबै नेता, कार्यकर्ता तथा सदस्यहरुलाई आ–आफ्ना गल्ति, कमजोरीप्रति आत्मसमिक्षक र आत्मालोचित हुँदै भविष्यमा त्यसप्रकारका गल्ति, कमजोरीहरु दोहोरिन नदिन निर्देशित गर्दछौं ।” पार्टीको आन्तरिक गुटगत समस्याले पार्टी कमजोर भएको भन्दै अध्यक्षद्वयले पार्टीलाई विधि, द्धति र संस्थागतरुपमा अगाडि बढाउने अठोट गर्नुभएको छ । उहाँहरुले प्रस्तावमा भन्नुभएको छ, “फैलिदै गएको गुटवन्दीको असरलाई विधि, पद्धति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सबै प्रकारका अनेकता, अराजकता, अनुशासनहीनता एवम् गुटवन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछौं ।” पार्टीको नीति, नेता र कार्यकर्ताका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्नेर पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाईकासाथ रोक्न अध्यक्षद्वयले निर्देश गर्नुभएको छ ।

उहाँहरुले भन्नुभएको छ, “पार्टी भित्रको अन्तरविरोधले गर्दा हुनगएको क्षतिलाई पारस्परिक विश्वास, सम्मान, एकता र समझदारीका साथ पूर्ति गर्ने संकल्प गर्दछौं, स्वस्थ एवम् गतिशील पार्टीका लागि अस्वस्थ बहस र गुटगत अभ्यास खतरनाक शत्रु जस्तै हो ।” पार्टीमा गुटवन्दी तथा अनुशासनहीनता अन्त्य गर्न अध्यक्षद्वयले पार्टी पङ्तिलाई आव्हान गर्नुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने विषयमा कार्यदलले दिएको प्रतिवेदनअनुसार दुई अध्यक्ष सहमत हुनुभएको छ । उहाँहरुले तयार गर्नुभएको प्रस्तावमा भनिएको छ, “अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरुको सञ्चालन, निर्णयहरुको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रीत हुने, अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागत रुपमा अघि बढाउन समन्वय गर्ने ।”

त्यस्तै, पार्टीको बाँकी एकता प्रक्रियालाई टुङ्गो लगाउने विषयमा पनि दुई अध्यक्ष संकल्प गर्नुभएको छ । उहाँहरुको प्रस्तावमा भनिएको छ, “अहिलेसम्म पनि एकता–एकीकरणका कतिपय महत्वपूर्ण कामहरु समेत सम्पन्न हुनसकेका छैनन् । फरक–फरक राजनीतिक कार्यदिशा र पृष्ठभूमीले निर्माण गरेको मनोविज्ञान, प्रमुख नेताहरुबीच बेलाबेलामा उत्पन्न असमझदारी र एकीकरणका संगठनात्मक बिषयहरुमा सहमति हुन नसक्ने जस्ता समस्याले एकीकरण प्रक्रियामा अनपेक्षित विलम्ब हुनपुगेको छ । कार्ययोजना र समय तालिकाभित्र रहेर प्राथमिकताका साथ एकीकरणका बाँकी काम सम्पन्न गर्ने ।” 

तपाईको प्रतिक्रिया