सरकारले कोभिडको बिदा दिँदैन, सावधानी अपनाएर कार्यालय चलाउनु पर्छ

  भदौ २५, २०७७

काठमाडौं, भदौ २५ : सरकारी कार्यालयहरु फुल फ्लेजमा संचालनमा आउने भएका छन् । काठमाडौं उपत्यकामा निषेधाज्ञा हटेसँगै सरकारी कार्यालयहरुले शतप्रतिशत काम सूचारु हुने गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । ‘केही कार्यालयहरुले कम कर्मचारी बोलाएर भएपनि सबै सेवा दिन सक्नु हुन्छ भने त्यसमा कार्यालय प्रमुखहरुले जिम्मेवारी लिने कुरा हो’उहाँले भन्नुभयो ‘अब कोभिडको बिदा पाइदैन, कार्यालयहरु स्वास्थ्य मापदण्ड पालना गरेर पुर्ण रुपमा संचालन हुन्छ ।’

उहाँले कोभिडको बिदा नहुने र कार्यालयहरु पुर्ण रुपमा संचालन हुने बताउनुभयो । सरकारी कार्यालयहरु स्वास्थ्य मापदण्ड पालना गरेर संचालन हुने बताउनुभयो । उहाँले स्वास्थ्य मापदण्ड पालना गर्ने, सामाजिक दुरी कायम गरेर भएपनि सरकारी कार्यालय पुर्ण रुपमा संचालन हुने बताउँदै कर्मचारीहरुको उपस्थिती सम्बन्धित कार्यालयले भने गर्ने बताउनुभयो । उहाँले अहिलेको अवस्थामा सरकारले कोभिडको बिदा नदिने भएकाले सावधानी अपनाएर कार्यालय पूरै संचालन हुने बताउनुभयो ।

गोरखापत्र

तपाईको प्रतिक्रिया