काठमाडौं, भदौ २३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवारस्थित मन्त्रालयमा भएको विदाई भेटका अवसरमा राजदुतले नेपालमा रहँदा सुखद स्मरणीय भएको, कार्यकालभरि नेपालका थुप्रै स्थानको भ्रमण गर्ने अवसर मिलेको बताउनुभयो ।
नेपालको भौगोलिक, सामाजिक, साँस्कृतिक एवम् पर्यटकीय सम्पदाहरुको नजिकबट अनुभव गर्ने अवसर आफूलाई प्राप्त भएको उहाँले स्मरण गर्नुभयो । कोभिड १९ ले सिर्जना गरेको विकराल समस्याबच लकडाउनमा नेपालका विभिन्न जिल्लामा अड्किएका अष्ट्रेलियन नागरिकलाई सकुशल उद्धार गरी नेपाल वायुसेवामार्फत स्वदेश पठाउने व्यवस्था मिलाएको भन्दै मन्त्री भट्टराईलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभयो ।
उहाँले नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको मन्त्री भट्टराईका प्रेस संयोजक राजेन्द्र श्रेष्ठले बताउनुभयो । मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौत्ता भइसकेको र उद्धार उडान सफलतापूर्वक सम्पन्न भएकाले निकट भविष्यमा सिधा हवाई सम्पर्क स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री भट्टराईले अष्ट्रेलियामा नेपालको पर्यटन प्रवर्धनमा राजदुतको सहयोगको अपेक्षा गर्नुभयोे । राजदुत वडले आफनो तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि मन्त्री भट्टराईसँग विदाई भेट गर्न मन्त्रालय पुग्नुभएको प्रेस संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।






