काठमाडौँ, भदौ २३ : नेपालमा कोभिड–१९ का ९०२ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४८ हजार १३८ पुगेकाे हाे ।
प्रवक्ता डा. गौतमले निको हुन दर ६८ प्रतिशत पुगेको र हालसम्म ३२ हजार ९६४ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा दुइ हजार २८७ जना निकाे भएका छन् ।
आइसाेलेसनमा १४ हजार ८६८ रहेका छन् । क्वारेन्टिनमा पाँच हजार ३१० जना सङ्क्रमित रहेका छन् । पछिल्लो चौबीस घण्टामा छ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा तीनसय छ जनाकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ ।






