काठमाडौँ, भदौ २२ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३२६ जना कोरोना संक्रिमत थपिएका छन् । योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार ५ सय ८१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार हाल १६ हजार २५९ जना सक्रिय संक्रमित छन् भने ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा छन् । हाल ७ हजार १९० जना होम आइसोलेसनमा छन् । आज ९ हजार २१८ जना पुगेको छ। हाल ४ हजार ७३९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ७३६ छन् । हालसम्म ३० हजार ६७७ पुगेको छ । यो कुल संक्रमितको ६५ प्रतिशत हो ।






