चन्दना घिमिरे
कहिले आउला कोरोना मास्ने दिन
सबै भुलि पहिल झै हास्ने दिन
गयो महिना हप्ता र दिनहरु
छैनन् कमाई बढ्दै छन् ऋणहरु
डराई डराई छ दिन कटेको
लोनको भारि छैन नि घटेको
डिप्रेसनले बढाछ शिकार
अस्तब्यस्त छ जिबन धिकार
बेरोजगारी दिनदिनै बल्झेको
दुखको भारि मानवमा अल्झेको
कति पार्छौ आसु को झरि
बढिराछौ सुस्तरि सुस्तरि
जताततै लकडाउन गरियो
सक्यो रासन अलपत्र परियो
अनगिन्ति मान्छेलाई मारेउ
भुल्न गारो यो कस्तो पीर पारेउ
लगेउ कोरोनो धेरैलाई मारेर
घर परिवार अलपत्र पारेर
बुढापाका बालबच्चा भनेनौ
ईश्वर पनि शाहसी बनेनौ
न् त भइयो परिवार साथमा
भोको पेट दाम छैन हातमा
न त ताजा पाइन्छ किन्नलाई
न त पाइयो कहि कतै ह्रिँड्नलाई
जताततै दुःखका छन् चित्र
पिरको आगो सल्किदै मनभित्र
आज भइयो कोरोना रोगी
भोलिको दिन नभइयोस झन जोगी
लाग्छ जीवन अन्धकार ढलेको
महामारि जहातहि बलेको
गरिब जति भोको पेट कसेर
पैसा आउन्न घरमा बसेर
हासुन अब रोएका जति
छिटै मिलोस् पुरानै प्रगति
देश विदेश छरेर रहेका
सुन्न पाइयोस् सब निको भएका