काठमाडौँ, भदौ २१ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
परिवारका सदस्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले गोरखापत्र अनलाइनलाई दिनुभयो ।
परिवारका सदस्यलाई कोरोना सङ्क्रमण देखिएसँगै मन्त्री ढकाल हाल निवासमै आइसोलेसनमा बस्नुभएको संयोजक तिवारीले जानकारी दिनुभयो ।






