सिजी ग्रुपको चाउचाउ उद्योगका ४२ जनामा कोरोना संक्रमण

  भदौ २१, २०७७

बर्दिया, भदौ २१ : बर्दियामा आज एकै दिन ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको कोरोना परीक्षणका क्रममा बर्दियाका ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका ४३ जना मध्ये ३४ जना बाँसगढी नगरपालिकाका, चार जना बढैयाताल गाउँपालिका र पाँच जना बर्दिया जिल्ला बाहिर ठेगाना रहेकाहरु छन् । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार संक्रमित पुष्टि भएका मध्ये ४२ जना बाँसगढीमा रहेको सिजी फुड कम्पनीमा कार्यरत कर्मचारी हुन् । संक्रमण पुष्टि भएकामा २९ जना महिला मात्र रहेका छन् ।

यसअघि सोही कम्पनीमा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको कन्याक्ट टे«सिङ गर्दा यति धेरैजनामा संक्रमण देखिएको प्रमुख गिरीले बताउनुभयो । एकैदिन धेरैजनामा संक्रमण पुष्टि भएपछि कोभिड १९ संकट व्यवस्थापन समितिको वैठक बसिरहेको र बाँसगढी नगरपालिका सिल गर्ने तयारी भैरहेको उहाँले जानकारी दिनुभयो ।
यो सँगै बर्दियामा कुल संक्रमितहरुको संख्या ४०७ पुगेको छ ।

तपाईको प्रतिक्रिया