काठमाडौं उपत्यकामा थप ३५४ मा सङ्क्रमणको पुष्टि

  भदौ २१, २०७७

काठमाडौं, भदौ २१ : काठमाडौं उपत्यकामा कोभिड–१९ का ३५४ जना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ३५४ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ गरी कुल ३५४ जना सङ्क्रमित थपिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा दश हजार ३८२ जनाको आरटीपीसीआर परीक्षण गरिएकाृे मन्त्रालयले जनाएको छ ।

योसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या आठ हजार २५४ पुगेको छ । हालसम्म काठमाडौँमा छ हजार ६२४, ललितपुरमा ९१९ तथा भक्तपुरमा ७११ कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी एक हजार ८१४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म २८ हजार ९४१ जना कोरोनामुक्त भई घर फर्केका छन् ।

तपाईको प्रतिक्रिया