बाढीको अझै उठेन बोवाङ्गको जनजीवन : बाटो थुनियाे राहत पुगेन, विद्युत बन्द भयाे, फोनमा समेत रुन पाएनन्

  भदौ २१, २०७७

बागलुङ, भदौ २० : भुजीखोलामा आएको बाढीले खण्डहर बनेको ढोरपाटन नगरपालिका–९ बोवाङ्ग सडक र संचार सञ्जालबाट पनि बञ्चित बनेको छ ।

बाढीले परिवारका सदस्य, घरबास, अन्नपात सर्वश्व गुमाएका बोवाङ्गवासीले संचार सेवा अवरुद्ध हुँदा टाढा रहेका आफन्तसँगफोन मै भएपनि रुन पाएका छैन । न बाहिरको खबर न आफ्नो खबर साटासाट गर्न पाए ।

बाढी पहिराले मामानवीय मात्रा नभएर ठूलो भौतिकक्षति समेत गरेको छ । बाढीले लद्युजलविद्युतको पावर हाउस, कुलो बगाउँदा सो क्षेत्रमाविद्युतआपूर्ती बन्दभएको हो । बुधबार रातीदेखि नै विद्युत नहुँदा बोवाङ्ग क्षेत्र संचारबाट पूर्ण रुपमा बञ्चितभएको छ । शोकले दिउँसै अन्धकार बनेको बोवाङ्ग विद्युत नहुँदाझनै अध्यारो भएको छ ।

अर्नाकोटमा रहेको नेपाल टेलिकममा आंशिक विद्युत आपूर्ति भए पनि बोवाङ्गमा लगेको विद्युत पूर्ण अवरुद्ध हुँदा फोन सम्पर्क टुटेको ढोरपाटन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले जानकारी दिनुभयो । बाढीले भुजिखोला आसपासको ११ वटा लद्यु जलविद्युत आयोजना पूर्णरुपमा क्षति गरेको छ ।

‘पीडितहरु मनको बहपोख्ने आफन्तको खोजीमा छन्’ उद्धारमा खटिनु भएको अनेरास्ववियु बागलुङका जिल्लाअध्यक्ष शेखर खडकाले भन्नुभयो, ‘अधिकांशको फोनमा चार्ज समेत नहुँदानखबर लिन, न खबर दिन सक्ने अवस्था छ ।’

‘विहिबार विहानदेखि अधिकांसको फोन स्विज अफ छ’ निमिक्त प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले भन्नुभयो–‘ सो क्षेत्रमा मोवाईल अफहुँदा घटनाबारे थप समन्वय र सुचनाआदन–प्रदानमा समेत कठिन भएको छ ।’उद्धार, खोजी र राहतमा खटिएका सुरक्षाकर्मी तथा अन्य युवाले जजेरेटर र सोलरको सहयोगले मोवाई चार्ज गरेको प्रहरी निरीक्षप्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

बोवाङ्ग संचार मात्रा होईन सडक सञ्जालबाट पनि विच्छेद भएको छ । बूर्तिवाङ्गबजारदेखि करिव सनथ किलोमिटरमाथि दोगाडीमा पहिरो जाँदा सडक संजाल अबरुद्ध बनेको हो । बोवाङ्गपुग्ने ढोरपाटन–सालझण्डी सडक खण्डको ठाउँ–ठाउँमा पहिरो खसेको हुँदा सडकमार्फत राहत सामग्री पठाउन कठिन भएको ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीको भनाई छ ।

‘बोवाङ्गमा विचल्ली छ’ उहाँले भन्नुभयो–‘जति सक्दो छिटो अवरुद्ध सडक हटाएर पीडितलाई राहतको व्यवस्थागर्न ध्यान केन्द्रीत गरेका छौँ ।उहाँले परिवार विहिन, घरवार विहिन परिवारलाई सक्दो सहयोग गर्न अपिलगर्नुभएको छ ।

यसैबीच बाढीले बस्ती बगाउँदा १६ जनाको मृत्यु भएको छ । २२ जना बेपत्ता भएका छन । भुजिखोलाको तटीय क्षेत्रका ९३ घर बगाउँदा ५१८ जना विस्थापित भएका छन् । वेपत्ता २४ जना मध्ये शनिबार थप दुई जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय बूर्तिवाङ्गका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो । उनीहरुको खनाखत हुन सकेको छैन ।

शनिबार गुल्मीको चन्द्रकोट गाउँपालिका–९ तिनसिमस्थित बडिगाड खोलामा फेला परेको शव ढोरपाटन नगरपालिका–९ बोवाङ्गका २२ दिने बच्चा राजन विकको भनि सनाखत भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, युवा विद्यार्थी, स्थानीयवासीले बुधबारदेखि निरन्तर खोजी गर्दा पनि बेपत्ताको अवस्थ सार्वजनिक हुन सकेको छैन । छिटफुट फेला परेका शव पनि टुक्रा परेको अवस्थामा भेटिदा पहिचानमा कठिन भएको छ ।

प्रहरीको पछिल्लो तथ्याङक अनुसार बोवाङका २४ बर्षिय नारायण विक, २० बर्षिय टेकमाया विक, उहाँकी १ बर्षिय छोरी, १६ बर्षिय मनिषा विक, घट्टेचौरकी २८ बर्षिय चनी विक, उहाँका छोरा १० बर्षिय रोशन विक, ५ बर्षिय रवि विक, १५ दिनको एक बच्चा, २६ बर्षिय मनकुमारी विक, भुसुन्डेकी २९ बर्षिय कुमारी विक, १४ बर्षिय समुन्द्र विक, ३० बर्षिय जितबहादुर घर्ती, ४४ बर्षिय राजु घर्ती, उहाँकी छोरी ४ बर्षिय प्रकृती पुन, सानो कुगुकी ३५ बर्षिय हेमबहादुर विक, उहाँकी श्रीमती ३४ बर्षिय उजेली विक, उहाँका १० महिने एक बच्चा, २८ बर्षिय हस्तमाया विक वेपत्ता रहनुभएको छ ।

त्यस्तै दुनेपँधेराकी ६५ बर्षिय तुलमति घर्ती, लाकुरीबोटकी ५६ बर्षिय कौशिला पुन, उहाँकी २१ बर्षिय छोरा विशाल पुन, पावर हाउस बस्ने २६ बर्षिय धनमाया विक, उहाँका २ बर्षिय छोरा मोहन विक र गल्कोट नगरपालिका–४ का नवीन भण्डारीको अवस्था अज्ञात रहेको छ । शनिबार फेला परेको शव वेपत्ता मध्य कसैको हुन सक्ने प्रहरी निरीक्षक भण्डारीको भनाई छ ।

विध्वंसकारी बाढीले गरेको भौतिक क्षति
बाढीले ढोरपाटन–९ को ८३ घर पूर्णरुपमा क्षति गर्दा ४४६ जना र ढोरपाटन–८ का १० घर बगाउँदा ७२ जना विस्थापित भएका हुन । ४८ घरमा आंशिक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मध्ये रातमा उर्लेर आएको भेलले सुप्राङ्गको जनचेतना प्रावि र सुकुरदुङको सरस्वती आधारभुत विद्यालयको भवन पूर्ण रुपमा नष्ट गरेको हो ।

लाकुरीबोट उपस्वास्थ्य चौकी, विजोलिखोला लद्यु जलविद्युत आयोजना, रुद्रताल जल विद्युत आयोजना, २६ किलो वाटको भुजी चौथो लद्यु जलविद्युत आयोजना र ८४ किलो वाटको भुजीखोला पाँचौ लद्यु जलविद्युत आयोजनासहित ११ लद्युजलविद्युत आयोजना, ११ झोलुङ्गे पुल, ५ वटा ढलान पुल र १० वटा काठे पुल बगाएको नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिनुभयो । थप क्षतिको विवरण संकलन कार्य जारी रहेको उहाँको भनाई छ ।

बाढीले मानवीयसँगै ठूलो भौतिक क्षति गरेको छ । विशेष गरी बोवाङ्गको सुपराङ, भुसुन्डे, सिदु, घट्टेबोट, सेरावाङ, फल्लेघर, दुनापधँेरा र लाखुरीबोटलाई उजाड बनाएको छ । बाढी प्रभावित क्षेत्रमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उद्धार वेपत्ताको खाजीसँगै राहत सामग्री वितरणलाई प्राथमिकतामा राखेर काम गरेका छन् ।

शुक्रबार गृहमन्त्री रामबहादुर ‘बादल’ र शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग प्रभावित क्षेत्रमा पुगेर वेपत्ताको खोजी, राहत र पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडी बढाउने बताउनुभएको थियो ।

बाढीले बस्ती बगाउँदा वेपत्ता भएका मध्ये शनिबारसम्म १६ जनाको शव फेला परेको छ । शनिबार थप दुई जनाको शव फेला परेको थियो । उनीहरुको सनाखत हुन सकेको छैन । शुक्रबार फेला परेको शव बोवाङ्गका २२ दिने बालक राजन विकको भनाएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीलाई उद्धृत गर्दै गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया