बुटवलको कोरोना अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु

  भदौ २०, २०७७

रुपन्देही, भदौ २० : बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का एक महिला र बुटवल–११ का एक पुरुष रहेको अस्पतालले जनाएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको हो ।

नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र स्वासप्रस्वासको समस्या रहेका दुबैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।

तपाईको प्रतिक्रिया