कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान : सात कोरोना संक्रमितकोे सुरक्षित सुत्केरी गराउन सफल

  भदौ १९, २०७७

जुम्ला, भदौ १९ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सात जना कोरोना संक्रमित गर्भवतीको सुरक्षित सुत्केरी गराइएको छ । अस्पतालमा सुत्केरीका लागि आउनु भएका सात जना गर्भवतीको जोखिमबीच सफल सुत्केरी गरिएको प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा।सुबी बस्न्यातले जानकारी दिनुभयो ।

डा. सुबी बस्न्यात र उहाँ नेतृत्वको टोलीलाई कोभिड–१९ को त्रासका बीच सात गर्भवतीलाई सुत्केरी र शल्यक्रिया गर्नु सहज थिएन । यही महामारीको संकटमा उक्त टोलीले कोरोना संक्रमित पाँच जना गर्भवतीलाई नर्मल सुत्केरी र दुईजनालाई शल्यक्रिया गर्न सफल भएको छ ।

सामान्य सुत्केरीलाई शल्यक्रिया गर्दाको जोखिम हुन्छ । यसपटक आफ्नो ज्याननै धरापमा राखेर कोरोना सक्रमितको ज्यान जोगाएर सेवा गर्न पाएकोमा डा। सुवि सहितको टिम खुशी भएको छ । शुरुमा सिंजा गाउँपालिकाको कोरोना संक्रमित गर्भवतीलाई सुत्केरी गराउँदा निकै डर लागेको थियो तर पछि बिस्तारै डर कम हुँदै गएको र सफल भएको जनाइएको छ ।

प्रतिष्ठानले संक्रमणको जोखिमको समयमा नर्स तथा शल्यक्रिया कक्षका सबै स्टाफको ठूलो भूमिका रहेको जनाएको छ । टोलीले अहिले कालीकोट महावै गाउँपालिका, जुम्ला गुठिचौर, सिंजा, तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाका कोरोना संक्रमित सात गर्भवतीको शल्यक्रिया र सुरक्षित सुत्केरी गराएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको तथ्याङ्कमा छ ।

संक्रमित गर्भवतिको सुत्केरी तथा सल्यक्रियामा स्त्रीरोग विशेषज्ञ डा।राजीव शाह, एनेस्थेसियोलोजिष्ट डा।रविन खातुङ लगायतको टोलीले सफल पारेको छ । स्त्रीरोग विशेषज्ञ डा।शाहले संक्रमित सात गर्भवती मध्य चारको सामान्य सुत्केरी, दुईको शल्यक्रिया र एक जना सिभिएर प्रिक्लाम्सिया ९ गर्भपति अबस्थामा उच्च रक्तचापबाट हुने समस्या० भएको गर्भवतीको पनि उपचार गराईएको जानकारी दिनुभयो ।

बन्दाबन्दीमा अस्पतालमा हुने सुत्केरी दर बढ्यो
पहिले प्रति महिनामा सुरक्षित गर्भपतनका लागि प्रतिष्ठानमा १०–१५ जना आउने गरेकोमा बन्दाबन्दीमा ३०–४० जना आउने गरेका प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा आएका केहीलाई अस्पताल आईसकेपछि परीक्षण गरेर कोरोना पुष्टि भएको र केहीलाई घरबाटै ज्वरो आएर लक्षण सहित आएका जनाईएको छ । स्वास्थ्यकर्मीहरुका अनुसार बन्दाबन्दीका कारण गाउँमा स्वास्थ्य सेवा सहजै पाउन नसकेर अहिले गर्भपतनका केसहरु पनि बढ्न थालेका छन् ।

स्वास्थ्यकर्मीको संघर्ष
काडमाडौं महानगपालिका १५ छाउनीका स्थायी निवासी स्त्रीरोग विशेष डा।सुबी बस्न्यात अढाई वर्षको छोरी छोडेर जुम्ला प्रतिष्ठान आएको अहिले सात महिना भयो । यो समयमा गर्भवती महिलाहरुको केस बढी आउने भएकोले घर जान नपाईएको उहाँले बताउनुभयो ।

डा. सुबीको श्रीमान् एनेस्थेसियोलोजिष्ट डा. रविन खातुङ् पनि प्रतिष्ठानमै कार्यरत हुनुहुन्छ । कर्णालीका गर्भवतीसहित सबै महिलाका दुःख र भावना बुझ्दै आउनु भएकी डा. बस्न्यात र उहाँका श्रीमान् बिगत सात वर्षदेखि प्रतिष्ठान जुम्लामा काम गर्दै आउनुभएको छ ।

डा. सुवि र रविन्द्र जस्तै स्वास्थ्यकर्मीहरु अहिले उच्च जोखिमा छन् । अरुलाई भौतिक दुरीको कायम गर्न सचेतना भईरहेको समयमा स्वास्थ्यकर्मी संक्रमित सँगै काम गर्न वाध्य छन् । अहिले कर्णाली प्रतिष्ठानका सयौ स्वास्थ्यकर्मी, कर्मचारी कोरोना बिरुद्धको यूद्धमा छन् ।

तपाईको प्रतिक्रिया